Home / Featured / हुवावे पी १० प्लस भर्सेज वान प्लस ५

हुवावे पी १० प्लस भर्सेज वान प्लस ५

श्रृषभ न्यौपाने

स्मार्टफोनका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यससँगै स्र्माटफोनको बजार पनि उकालो चढिरहेको छ । बजारमा आफूँलाई स्थापित गर्दै अब्बल रहन विभिन्न स्मार्टफोन विचको प्रतिस्पर्धा पनि बढ्दो छ । परिष्कृत र अत्याधुनिक स्मार्टफोन निमार्णको होडमा विभिन्न मोबाइल प्रयोगकर्ता कम्पनी लागेका छन । यसै होडमा आमने सामने भएका छन दुइ चिनियाँ स्मार्टफोन कम्पनी वान प्लस र हुवावे ।
संसारकै सबैभन्दा उत्कृष्ट मोबाइल मध्य तेस्रो नम्बरमा आफूलाई उभ्याउन सफल हुवावे एकातर्फ एकपछि अर्को परिष्कृत संस्करणको स्मार्टफोन निर्माण गर्ने काममा लागिरहेको अवस्थामा प्रिमियम स्मार्टफोन निमार्ण गर्दै आएको मोबाइल निर्माता कम्पनी वान प्लसले पनि उत्कृष्ट स्मार्टफोन निमार्ण गर्दै आफूलाई अब्बल स्मार्टफोनका रुपमा स्थापित गर्न तर्फ लागेको देखिन्छ । उत्कृष्टताको होडमा रहेका यी दुई स्मार्टफोनहरुले पछिल्लो समय अत्याधुनिक प्रोडक्ट सार्वजनिक गरेका छन ।
ती दुई स्मार्टफोन हुन हुवावेको पी १० प्लस र वान प्लस ५ । वान प्लस ५, केहि महिना अघि मात्र सार्वजनिक गरिएको वान प्लस ३ टीको परिष्कृत र अत्याधुनिक संस्करण हो । त्यसैगरि हुवावेको पि १० प्लस केही समय अघि सार्वजनिक गरिएको पी १० को परिष्कृत संस्करण हो ।

लगभग वर्षदिन अघि यि दुइ कम्पनीका दुई स्मार्टफोन हुवावे पि ९ र वान प्लस थ्रीको पनि प्रतिस्प्रधा रोचक थियो । नेपाली बजारमा पनि अहिले यि दुइ स्मार्टफोनको चर्चा र प्रतिस्प्रधा व्याप्त्त छ । यी दुई स्मार्टफोनको फिचरको वारेमा आजको अंकमा तुलनात्मक जानकारी दिने प्रयास गरेका छौँ ।

डिस्प्ले र डिजाइन

हुवावे पी १० प्लस र वान प्लस ५ दुबैको डिस्प्ले को तुलना गर्ने हो भने हुवावे पी १० प्लसमा ५.५ इन्चको क्वाड एचडी डिस्प्ले प्रयोग गरिएको छ भने वान प्लस ५ मा ५.५ इन्चकै क्वाड एच डी डिस्प्ले प्रयोग गरिएको छ । यी दुवै स्मार्टफोन मध्य वान प्लस ५ मा १०८० पी रिजोलुसनको फूल एचडी डिस्प्ले समावेस गरिएको छ भने हुवावे पी १० प्लसमा १४४०पी रिजोलुसनको क्वाड एचडी डिस्प्ले रहेको छ जसका कारण वान प्लस ५ को तुलनामा हुवावे पी१० मा देखिने डिस्प्ले सार्प रहनुका साथै प्रयोगकर्तालाई हाइ–क्वालिटी भिडियो हेर्दा नविन्तम अनुभव प्रदान गर्दछ ।


यसको अर्थ वान प्लसको डिस्प्ले खराब भन्ने होइन । कोनिङ्ग गोरिला ग्लास ५ ले सुरक्षित गरिएका यी दुवै फोनहरु अधिक्तम रुममा स्क््रयाच प्रुफ रहेका छन । दुवै उस्तै देखिने यी दुई स्मार्टफोनको मेटालिक डिजाइन समेत उत्कृष्ट रहेको छ । हेर्दा आइफोन ७ जस्तै देखिने हुवावे पी१० प्लस ले अगाडिपट्टि डिजिटल होम बटन समाबेश गरेको छ यो हुवावेका फ्लाग्सिप डिभाइसमा गरिएको नविन्तम प्रयोग हो ।
यही होम बटनको प्रयोग गरेर प्रयोगकर्ताले पछाडी जान, होममा जान र दाँया बाँया स्वाइप समेत गर्न सक्नेछन । साथसाथै वान प्लसको जस्तै हुवावेको यही होम बटनले नै फिङ्गरप्रिन्ट सेन्सरको काम गर्ने गर्दछ ।

र्याम, मेमोरि र प्रोसेसर

हुवावे पी१० प्लस ४ जिबी र ६ जिबी र्याम संस्करणमा उपलब्ध छ जसमा आन्तरिक मेमोरी ६४ र १२८ जिबी जडान गरिएको छ भने ६ जिबी र ८ जिबी र्याम संस्करण्मा उपलब्ध वान प्लस ५ पनि ६४ र १२८ जिबी संस्करणमा उपलब्ध छ ।


हुवावेको पी १० प्लसमा माइक्रो एसडी कार्डको प्रयोग गरेर २५६ जिबी सम्म मेमोरी थप गर्न सकिनेछ भने वान प्लस ५ मा मेमोरी थप गर्न मिल्दैन । क्वालकम स्न्यापड्रागन ८३५ को अक्टाकोर प्रोसेसर वान प्ल्स ५ मा प्रयोग गरिएको छ भने हुवावे पी १० प्लसमा किरिन ९६० अक्टाकोर प्रोसेसर जडान गरिएको छ । साथसाथै हुवावे र वान प्लसमा माली जी ७१ र एड्रेनो ४४० ग्राफिक्स प्रोसेसर प्रयोग गरिएको छ ।
र्याममा हुवावे पी १० लाई वान प्लस ५ ले पछाडी छोडेको छ । साथ साथै दुबै स्मार्टफोनमा समान किसिमको प्रोसेसर र जिपियू प्रयोग गरिएपनि र्याम बढि हुनाले हुवावेको तुलनामा वान प्लसको पर्फमेन्स राम्रो रहेने आंकलन गर्न सजिलै सकिन्छ । स्टोरेजको सम्बन्धमा भने हुवावेले वान प्लसलाई पछि पार्न सफल भएको छ । थप गर्न मिल्ने माइक्रो एसडी कार्डका कारण हुवावेलाई फाइदा मिलेको देखिन्छ ।

क्यामेरा

हिजो आज फ्लागसिप मोबाइल डिभाइसहरुमा डुअल क्यामेरा अपरिहार्य जस्तै बनिरहेको अबस्थामा दुबै स्मार्टफोनमा रियर डुअल क्यामेरा समावेश गरिनु कुनै नौलो विषय पक्कै पनि होइन । वान प्लस ५ मा १६ र २० मेगापिक्सेलको डुअल रियर क्यामेरा प्रयोग गरिएको छ भने हुवावेको पी १० प्लसमा २० र १२ मेगापिक्सेलको डुअल क्यामेरा प्रयोग गरिएको छ ।


क्यामेरामा हुवावेले विश्वकै उत्कृष्ट क्यामेरा लेन्स निमार्ता कम्पनी लेइकासगँ सहकार्य गरेको छ । यसर्थ यसममा फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा प्रयोग गरिएको छ । वान प्लस ५ को फ्रन्ट क्यामेराको तुलनामा यसको मेगापिक्सल कम भएपनि यसले ठुलो अर्थ राख्नेछैन किनकी हुवावेले प्रयोग गरेको क्यामेरा उत्कृष्ट छ ।
भिडियो रेकर्डिङ्गमा दुबै क्यामेराले ४के भिडीयो रेकडिङ्ग गर्न सक्ने क्षमता राख्दछन । क्यामेराको तुलना गर्ने हो भने हुवावेको पी १० प्लस केहि माथि छ वान प्लस ५ को तुलनमा ।
मोबइल खरिदकर्ताले क्यामेरालाई विषेश चासोका साथ हेरिरहेका बेला वान प्लसले क्यामेराका क्षेत्रमा गरेको व्यापक परिवर्तन पनि प्रतिस्पर्धामा रहेको हुवावेको पी १० प्लसका लागि टाउको दुखाइको विषय बन्न सक्छ । क्यामेराम अन्य विशेष फिचर समाबेश गरिएपनि आम सर्वसाधारण ग्राहकले मेगापिक्सेललाई नै क्यामेराको गुणत्सरको मापक मान्नुका कारण क्यामेरा हेरेर स्मार्टफोन खरिद गर्ने कयौं ग्राहकहरुलाई वान प्लस ५ ले लोभ्याउने निश्चित प्राय देखिन्छ ।

ब्याट्री

वान प्लस ५ को ३३०० एमएएचको ब्याट्रीको तुलनामा हुवावे पी १० प्लसमा प्रयोग गरिएको ३७५० एमएएचको ब्याट्रीबाट सामान्य रुपमा हुवावे पी१० को ब्याट्री धेरै समय टिक्ने देखिन्छ । यी दुबै स्मार्टफोनहरुमा प्रयोग गरिएको ब्याट्री झिक्न नमिल्ने किसिमका हुन ।

अपरेटिङ्ग सिस्टम

एन्ड्रोइड नोउगाट अपरेटिङ्ग सिस्टममा यी दुबै स्मार्टफोन आधारित रहेपनि वान प्लस ५ ले परिष्कृत भर्जनको एन्ड्रोइड नोउगाट ७.१.१ चलाउँदछ भने हुवावे प्लसमा पुरानै एन्ड्रोइड ७.० रहेको छ । साथसाथै दुबै स्मार्टफोन ५ जी नेटवर्कमा आधारित छन । ब्याट्रीको प्रतिस्पर्धामा हुवावे पी१० प्लस खरो उत्रेपनि अपरेटिङ्ग सिस्टम वान प्लस ५ को केहि अघि देखिन्छ तर हुवावे पी१० प्लसको अपरेटिङ्ग सिस्टमलाई प्रयोगकर्ताले सहजै अपडेट गर्न सक्नेछन ।

नेटवर्क र फिङ्गरप्रिन्ट सेन्सर

हुवावेका अरु स्मार्टफोनमा पछाडिपट्टि रहँदै आएको फिङ्गरप्रिन्ट स्क्यान गर्ने स्थान हुवावे पी १० मा तपाईले नदेख्न सक्नु हुनेछ । तर यसको अर्थ हुवावे पी १० मा फिङ्गरप्रिन्ट सेन्सर नरहेको भने होइन । पछाडी रहँदै आएको फिङ्गरप्रिन्ट सेन्सरलाई अगाडि पट्टि डिजिटल होम बटनको स्थानमा स्थानान्तरण गरिएको हो । वान प्लस ५ मा भने फिङ्गरप्रिन्ट सेन्सर पहिलाकै ठाँउमा यथावत रहेको छ ।


मूल्य

हुवावे पी १० प्लसको नेपाली बजार मूल्य ७९ हजार रहेको छ भने वान प्लस ५ को बजार मूल्य ५९ हजार ५ सय रुपैयाँ रहेको छ । हुवावे पी १० प्लसको तुलनामा वान प्लस ५ को मूल्य सस्तो रहेकोले उपभोत्तालाइ वान प्लसले बढि तान्न सक्छ ।
हुवावेले पि १० प्लसलाइ विशेषगरी क्यामेरा फोनको रुपमा अगाडी सारेको छ । यसका साथ साथै विभिन्न फिचरहरुमा पनि हुवावे पी प्लस भन्दा अघि वान प्लस ५ देखिएको छ । जसका कारण हुवावे पी १० प्लसलाई वान प्लस ५ सँगको प्रतिस्पर्धामा रहन मूस्किल रहने मोबाइल क्षेत्रका जानकारहरुको बुझाई रहेको छ ।

नेपालमा अहिले यि दुबै स्मार्टफोनहरु उपलब्ध छन । हुवावे पि १० प्लसले एक भव्य कार्यक्रमको आयोजना गरि एनसेलसँग सहकार्य गरेर १० महिनाको लागि डेटा निशुल्क प्रदान गरेको थियो । वान प्लस ५ ले अनलाइन अफलाइन मार्फत बजार बिस्तार गरिरहेको छ । हुवावे नेपालमा सामसुङ पश्चात सबैभन्दा बढि मोवाइल सेट बिक्री गर्ने कम्पनी हो यसर्थ यसको बिजनेश नेटवर्क ठुलो छ तर वान प्लस ५ अनलाइनबाट अर्डर गर्नेहरु बढिरहेका छन । पछिल्लो समय बजारमा आएका फ्लासशिपका स्मार्टफोनहरुमा यि दुइलाइ प्रतिस्प्रधाको रुपमा लिन सकिन्छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *