Home / Featured / हुवावेको बहु प्रतिक्षित स्मार्टफोन पि ९ सार्वजनिक हुदै, के छ पि ९ मा ?

हुवावेको बहु प्रतिक्षित स्मार्टफोन पि ९ सार्वजनिक हुदै, के छ पि ९ मा ?

विश्वबजारमा आक्रामक रुपमा प्रस्तुत भइरहेको हुवावेले हाफ्नो पछिल्लो बहु प्रतिक्षित स्मार्टफोन पि ९ आज नेपालमा सार्वजनिक गर्दैछ । आज बेलुकि ३ बजे सिटी सेन्टर कमलपोखरीमा सार्वजनिक हुने पि ९ फोटोग्राफीको लागि विशेष आकर्षक स्मार्टफोन रहेको कम्पनीले दाबी गरेको छ ।

हुवावेले पहिलोपटक क्यामेराको लागि लेइकासग सहकार्य गरि उत्कृष्ट फोटोग्राफीको विशेषताहरु समावेश गरिएको कम्पनीले बताएको छ ।

यसमा आरजिबी सेन्सर सहितको १२ मेगापिक्सलको लेइका ड्युल रियर क्यामरा रहेको छ भने ८ मेगापिक्सलको मोनो सेन्सर फ्रन्ट क्यामरा रहेको छ । यसले सेल्फी र फोटोग्राफीको लागि उत्कृष्ट पर्फमेन्स प्रस्तुत गर्दछ ।

p9
यो स्मार्टफोन सामसुङका पछिल्ला स्मार्टफोनको प्रतिस्प्रधाको रुपमा पनि हेरिएको छ । यसमा ५.२ इन्चको एचडी डिस्प्ले जसमा १०८० x  १९२० पिक्सलको रिजुलोसन रहेको छ ।

यसमा हाइसिलिकन किरिन ९५५ सहितको १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ । यसले गर्दा यस स्मार्टफोनको पर्फमेन्समा  कुनै गुनासो छैन । यसमा ३ जिबीको र्याम र ३२ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ ।

p9

एन्ड्रोइडको पछिल्लो भर्सनको अपरेटङ सिस्टम ६.० प्रयोग भएको छ । ३००० एमएएचको निकाल्न नमिल्ने ब्याट्री रहेको यसको ब्याकअप सन्तोषजनक रहेको छ । यस स्मार्टफोनको उचाइ, चौडाइ र मोटाइ क्रमश १४५ x ७०.९० x ६.९५ रहेको छ । १४४ ग्रामको तौलमा रहेको यस स्मार्टफोन हेर्दा आकर्षक र स्लिम लाग्दछ । र यसले फोर जी हाइब्रिड सिम सपोर्ट गर्दछ ।

गोल्डेन कलरमा उपलब्ध यस स्मार्टफोनको मुल्य नेपाली बजारमा ५९ हजार ९ सय ९९ रुपैया रहेको छ । यो मुल्यमा कम्पनीले ब्राण्डेड लेदर ब्याग र ३२ जिबीको मेमोरी कार्ड निशुल्क प्रदान गर्नेछ ।

सार्वजनिक गर्ने क्रममा कम्पनीले पुर्व मिस नेपाल सृष्टी श्रेष्ठ, गायक सुगम पोखरेल र यम बुद्धलाइ आकर्षकको रुपमा प्रस्तुत गर्नेछ ।

buy_panel_hero_gold_hairline

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *