Home / Featured / नेपाली बाबु एडभेन्चर – गेम रिभियु

नेपाली बाबु एडभेन्चर – गेम रिभियु

नेपालमा मोबाइल गेमले उद्योगको रुप धारण नगरे पनि नेपाली डेभलोपरहरुले पनि बिस्तारै गेमहरु रिलिज गर्दै गरहेका छन् । शौखको लागि नै गेम बन्दै गए जस्तो देखिए पनि बिस्तारै यसले राम्रो रिभेन्यु गर्नेमा बिस्वास गर्न सकिन्छ ।

 एन्ड्रोईड मोबाईलमा खेल्न सकिने प्लाटफर्मर किसिमको यो गेम गुगल प्ले स्टोरमा उपलब्ध छ । खेल्दा सुपर मारियोकै झल्को दिने भए पनि मारियो भन्दा यो गेम धेरै फरक छ ।

हामीले यो गेम खेल्दा रमाईलो नै लागेको अनुभब गर्यौ । खेलमा ५ ओटा लेभलहरु रहेका छन् र सबै लेभेल डिजाइनमा डेभोलपर टिमले राम्रै मेहनत गरेको देखिन्छ । सुपर मारियो जस्तै उफ्रिदै विभिन्न बादा अड्चनहरु छल्दै लेभलको अन्तिममा रहेको घर पुग्नु पर्ने गेम प्ले गरिएको छ । यो गेममा प्रयोगकर्ताले जित्नको लागि सिक्का बटुल्दै विभिन्न अफ्ठाराहरु पार गर्दै लेवल कटाउनु पर्ने हुन्छ ।

समग्रमा हामी यो गेमलाई ५ स्टारमा ३.५ स्टार ( ३.५ । ५ ) रेटिङ दिएका छौ । ग्राफिक्स र साउन्ड क्वालीटिमा अझ मेहनत गर्ने हो भने यो गेम झन्डै अन्तरास्ट्रिय स्तरकै हुने थियो ।

डेभलपरले युजरलाइ तान्न गेमका विभिन्न लेवलहरु दिएको छ । लेवल अझ बढाएर ग्राफिक्समा अझ ध्यान दिनुपर्ने देखिन्छ । नेपाली डेभलपरहरुले विकास गरेको यो एपले सबै क्षेत्रका युजरलाइ आकर्षित गर्ने प्रयास भने गरेको छ ।

तपाई पनि प्लाटफमर गेम खेल्न मन पराउनु हुन्छ भने यो गेमले तपाईको मन छुने छ । एन्ड्रोइड प्लाटफर्ममा खेल्न सकिने यो गेम प्लेस्टोरमा उपलब्ध छ । डाउनलोड गर्न छेउको त्तच् कोड स्कायान गर्नु होला ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *