Home / Featured / मध्यमबर्गको लागि उपयुक्त स्मार्टफोन ‘जोप्पो कलर एफ ५’

मध्यमबर्गको लागि उपयुक्त स्मार्टफोन ‘जोप्पो कलर एफ ५’

जोप्पो मोबाइल भन्दा तपाइलाई लाग्न सक्छ कसैले ओप्पो भन्न नजानेर जोप्पो भनेको हुनुपर्छ । तर, त्यसो होइन । जोप्पो एक चिनिया बहुराष्ट्रिय कम्पनी हो, जुन नेपालमा केहि महिना अघि भित्रिएको हो । विभिन्न मोबाइल स्मार्टफोनहरू भित्राएको जोप्पोको कलर एफ ५ फिङ्गरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन हो । ५ इन्चको एचडी आइपिएस डिस्प्ले रहेको यस हेन्डसेटमा २.५ डी कर्भड ग्लास प्रयोग गरिएको छ ।


६४ बिटको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको उक्त मोबाइलमा २ जिबीको र्याम प्रयोग गरिएको छ । यसमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर ६४ जिबीसम्म मेमोरी थप गर्न सकिनेछ । यस मोबाइलको एउटा आकर्षक पक्ष भनेको यसमा रहेको फ्ल्यास सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा ।


त्यसैगरि यसमा ८ मेगापिक्सेलको रियर क्यामेरा जडान गरिएको छ । फिङ्गरप्रिन्ट सेन्सरयुक्त जोप्पो कलर एफ ५ एन्ड्रोइड मार्सम्याले ६.० अपरेटिङ सिस्टममा आधारित छ । यसका अलावा यस स्मार्टफोनमा फोरजी नेटवक सपोर्ट र २१०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । कालो, सेतो र सुनौलो तीन रङमा उपलब्ध कलर एफ ५ स्मार्टफोनको नेपाली बजार मूल्य १४ हजार ९ सय नब्बे रूपैयाँ रहेको छ ।

मूल्य : १४ हजार ९ सय नब्बे

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *