Home / Featured / साझाले सुरु गर्यो ‘स्मार्ट ट्राभल कार्ड’

साझाले सुरु गर्यो ‘स्मार्ट ट्राभल कार्ड’

साझा यातायातले  आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु  गरेको छ । लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको अनलाइन खबरमा उल्लेख गरिएको छ ।

यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान भएर कार्डबाटै भुक्तानीको सेवा सुरू भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड पछिल्लाे ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ । देखाएमा भने दूरीअनुसारकै भाडा काट्नेछ ।

कसरि प्रयोग हुन्छ ट्राभल कार्ड ?
स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनादेखि साझा यातायातले आफ्नै कार्यलयबाट बिक्री सुरु गरेको छ । साझाको लगनखेल स्टपबाट पनि कार्ड बिक्री भइरहेको छ ।

सुरूवातमा १ सय वटा कार्ड किन्नेलाई २ सय रूपैयाँमा २ सय ब्यालेन्स भएको कार्ड दिइँदैछ । यसपछि भने सुरूवातमा कार्डको मूल्यबापत १ सय ५० रूपैयाँ तिर्नुपर्नेछ ।

यो कार्ड लिएर हिँडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्ट कार्डबाट रकम काट्नेछ ।

यसको रिचार्जका लागि साझाको कार्यालयमै सम्पर्क गर्न सकिने छ । बसका सहचालकलाई रकम बुझाएर पनि कार्ड रिचार्ज गर्न सकिन्छ । पछि रिचार्जका लागि अझै सरल ब्यवस्था गरिनेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् ।

 

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *