Home / Featured / उत्कृष्ट फिचरसहितको सामसुङ ग्यालेक्सी जे ७ प्राइम अब नेपाली बजारमा

उत्कृष्ट फिचरसहितको सामसुङ ग्यालेक्सी जे ७ प्राइम अब नेपाली बजारमा

सामसुङले उत्कृष्ट फिचरसहितको आफ्नो मिड–रेन्ज प्रोडक्ट ग्यालेक्सी जे ७ प्राइम नेपाली बजारमा भित्र्याएको छ ।

५.५ इन्च फुल एचडी डिस्प्ले रहेको यस फोनमा ३ जिबीको र्याम र ३२ जिबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर २५६ जिबीसम्म थप्न सकिन्छ ।

१.३ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको जे ७ प्राइमले एन्ड्रोइड मार्सम्यालो अपोरेटिङ् सिस्टममा काम गर्छ । यसका अलावा १३ मेगापिक्सेलको रियर र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यस मोडलमा अगाडि र पछाडि दुवैपट्टि एलइडी फ्ल्यास जडान गरिएको छ ।

फिङ्गरप्रिन्ट सेन्सरयुक्त यस मोबाइलमा ३३०० एमएएचको झिक्न नमिल्ने(नन रिमुभेबल) ब्याट्री रहेको छ । कालाे र सुनौलो रंगमा उपलब्ध यस जे७ प्राइमको मूल्य २९ हजार ४ सय ९० रूपैयाँ रहेको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

4 comments

  1. pravab Bhandari

    मैले galaxy J 7-6 किनेको 12 दिन भयो, यो सेट फिर्ता गरेर galaxy J 7 prime लिन चाहन्छु । यदि यसो गर्न मिल्ने भये pravab.com@gmail.com मा मेल गरिदिनु होला ।

  2. Hello ICT samsung Galaxy j7 prime ma k k features chha herdai naheri j payo te post garne thuikkka !!! Hawa post garne ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *