Home / Featured / ८ इन्च डिस्प्ले भएको सामसङ ग्यालेक्सीको ट्याब ए अब नेपाली बजारमा उपलब्ध

८ इन्च डिस्प्ले भएको सामसङ ग्यालेक्सीको ट्याब ए अब नेपाली बजारमा उपलब्ध

विश्व प्रसिद्द ब्रान्ड सामसङले बिभिन्न प्रकारका ग्याजेट्स सार्बजनिक गरेर विस्वभरका उपभोक्ताहरुको ध्यान आकर्षण गराइरहेको हुन्छ । यसै क्रममा ३ महिना अघि मात्रै विश्वब्यापी रुपमा वितरण शुरु गरेको सामसङ ग्यालेक्सीको ट्याब ए को विक्रिवितरण गत ३० नोभेम्बरबाट नेपालमा पनि शुरु गरेको छ । ८ इन्चको भाइब्रेंट डिस्प्ले भएको यो डिभाइजले   राम्रो ब्याट्री ब्याकअपका साथमा प्रयोगकर्ताहरुलाई  समग्रमा आवश्यक सम्पूर्ण कुराहरु र इन्टरटेन्मेन्ट प्रदान गर्ने  सामसङको दावी रहेको छ ।

सामसङ ग्यालेक्सीको ट्याब ए मा क्वाडकोर क्वालकम स्नापड्रागन ४२५ को चिप्सेट( १.४ गिगाहर्ज) प्रयोग भएको छ । यसमा  २ जीवि र्याम १६ जीवि इन्टरनल स्टोरेज छ र यसले २५६ जीवि सम्मको  माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ । ७.१ नोगात भर्जन उपलब्ध रहेको नयाँ  ट्याब एमा क्यामेराको कुरा गर्ने हो भने ८ एमपीको  रियर र ५ एमपीको  फ्रन्ट क्यामेरा छ । यसको   रियर लेन्समा एफ/१.९ र फ्रन्ट लेन्समा एफ /२.२ एपर्चर रहेको छ । साथै यसको क्यामेराले एचडीआर मोड सपोर्ट गर्छ ।

आइपिएस एलसीडी टचस्क्रिन प्रयोग गरिएको यस ट्याबमा अगाडी भनेझै ८ इन्चको  भाइब्रेंट डिस्प्ले राखिएको छ । ठुलो डिस्प्लेलाइ ध्यानमा राखी यसको ब्याट्री पनि ५००० mAh को लगाईएको छ र लगातार १४ घण्टा सम्म मल्टीमिडियाको प्रयोग गर्दा सम्म ब्याट्री टिक्ने कुरा सामसङ कम्पनिले दाबी गरेको छ । प्रभावशालि फिचरहरु भएको यो सामसङ ग्यालेक्सीको ट्याब ए मेटल ब्ल्याक कलरमा नेपाली बजारमा उपलब्ध छ ।

सामसङले  उक्त नयाँ ट्याब ए मा धेरै वटा फिचर राखेको छ जस्तै  बिक्सवि होम फिचर, जुन प्रयोगकर्ताले होम स्क्रीनको राइट साइडमा स्वाइप गरेपछि भेट्न सक्नेछन । यसमा मौसम,फिटनेस लगायतका विभिन्न जानकारीहरु समेटिएको हुन्छ । त्यस्तै ब्लु लाइट फिल्टर फिचर, उक्त फिल्टरले ब्लु लाइट उत्सर्जन हुन दिंदैन । त्यस्तै ट्याब ए स्मार्ट भ्यु अथवा यसलाई  तार बिना पनि टिभीमा कनेक्ट  गरेर हेर्न सकिन्छ । त्यस्तै किड्स मुड पनि  यसमा छ  जहाँ  बच्चाहरुको लागि सुरक्षित डिजिटल प्ले ग्राउन्ड छ र त्यहाँ बच्चाहरुले रमाइलो गरेर केहि सिक्न सक्नेछन् ।

“सामसङमा हामी जहिले पनि उपभोक्ताहरुको सुझाब लिन्छौ  र उनीहरुको आवश्यकता अनुसारको सेवा र सुबिधा भएको डिभाइजहरु बनाउछौ” सामसङ नेपालका मोबाइल बिजनेस हेड प्रणय रत्न स्थापित ले प्रेस रिलिजमा भनेका छन् ।  “ग्यालेक्सीको ट्याब ए राम्रो डिस्प्ले ,राम्रो प्रस्तुति भएको र पुरा मनोरंजनको अनुभव प्रदान गर्न  सक्ने डिभाइज हो ।”

सामसङ ग्यालेक्सीको ट्याब ए २०१७ को नेपाली मूल्य रु २८ हजार ९ सय ९० तोकिएको छ ।

 

 

 

 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *