Home / Featured / भव्य सफलताको संघारमा ‘तेस्रो सिन्धुली महोत्सव २०७१ ’ 

भव्य सफलताको संघारमा ‘तेस्रो सिन्धुली महोत्सव २०७१ ’ 

सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुस १० देखि सञ्चालन भएको ‘तेस्रो सिन्धुली महोत्सव’ शनिवार समापन हुदैछ । उद्योग मन्त्रि महेश बस्नेतले महोत्सवको भब्य समापन गर्नेछन् भने यहीअवसरमा महोत्सवको अफिसियल मिडिया पार्टनर लिभिंग विथ आइसिटीले प्रकाशन गरेको न्युज बुलेटिनको बिमोचन पनि गर्नेछन् ।lw14

यस पटकको महोत्सवको मूल नारा ‘कला संस्कृति, धार्मिक र ऐतिहासिक स्थलको संरक्षण गरौ, आन्तरिक पर्यटन, उद्योग, ब्यपार, तथा कृषिमा आधारित जुनारको प्रवद्र्धन गरौं’ रहेको छ । विसं. २०६४ मा सिन्धुली महोत्सव र ०६७ सालमा मध्यमाञ्चल क्षेत्रीय महोत्सवको रुपमा आयोजित महोत्सवले सिन्धुलीको स्थानीय उत्पादन प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासमा उच्च योगदान दिएको तेस्रो सिन्धुली महोत्सवका संयोजक एवं सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष सानुकाजी श्रेष्ठले बताए ।

महोत्सवमा कुल २ सय २५ ओटा स्टल रहेका छन् । आयोजकले ४ लाख अवलोकनकर्ता र ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेकोमा २ लाख अवलोकनकर्ता र सात करोडको आर्थिक कारोबार भएको जानकारी सिन्धुली उद्योग बाणिज्य संघका उपाध्यक्ष अमरेश बैदारले दिए  । ‘सिन्धुली महोत्सव यस क्षेत्रकै विशेष पर्व हो । सम्पूर्ण सिन्धुलीबासी, महोत्सवका प्रायोजक, प्रवद्र्धक, सहयोगीहरु, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यलहरुको संयुक्त पहलले तेस्रो महोत्सवलाई भव्य र सभ्य बनाएको छ’ उनले भने ।lw1
महोत्सवको उद्घाटन उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । उनले बीपी राजमार्ग खुलेका कारण छोटो दूरीमा राजधानीलगायत देशका अन्य स्थानमा सहज आवत–जावत भएकाले विकासको सम्भावना प्रचुर भएको बताए । सिन्धुलीको जुनारले देशविदेशमा ख्याती कमाएको जनाउदै उनले अदुवा, सुन्तला, भुइँकटहर, मकैलगायतको उत्पादनको प्रवद्र्धन गरी जिल्लाको आर्थिक क्रियाकलाप बढाउन सकिने भनाइ राखे ।

कार्यक्रममा वाणिज्य तथा आपूतिर्मन्त्री सुनीलबहादुर थापाले पेट्रोलियम पदार्थको सहज आपूतिर्का लागि भारतसँग पाइपलाइन सम्झौता एक साताभित्रै हुने जानकारी दिए ।
कार्यक्रममा सभासदहरु मोहन बराल, गणेश पहाडी र हरिबोल गजुरेलले जिल्लाको विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाए ।IMG_20141231_172657

उद्घाटन दिनदेखि नै अवलोकनकर्ताको भिड लागेको महोत्सवमा कषिमा आधारित स्थानीय उत्पादन, शिक्षा तथा प्रविधि प्रदर्शनी, लघु उद्यमी समूहहरुद्धारा प्रवद्र्धित वस्तुलगायतको ब्यापार तथा प्रदर्शनी गरिएको थियो । महोत्सवको विशेष आकर्षणको रुपमा जिल्लामै पहिलो पटक ‘बृहत् शैक्षिक परामर्श तथा प्रबिधि प्रदर्शनी एवं बृहत् अन्तक्रिया तथा कार्यपत्र प्रस्तुतिकरण समेत सम्पन्न भएको छ ।sindhuli mahotsab2साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई थप साँस्कृतिक बनाएको छ । महोत्सव अवधिभर विषेश छुटका साथ सफटवेर तथा हार्डवेर वितरण प्रदर्शनी, सिन्धुलीलाई डिजिटल सिन्धुलीको निर्माणमा सहयोग तथा महोत्सवमा सि.सि. टि.भि. बाट पनि चौबिसैं घण्टा सुरक्षा प्रदान गरिएको थियो ।

Check Also

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार …

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *