Home / Featured / सिन्धुली महोत्सवमा अवलोकनकर्ताको ओइरो

सिन्धुली महोत्सवमा अवलोकनकर्ताको ओइरो

सिन्धुली महोत्सवको आज दोस्रो दिनमा अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा बिहिबारदेखि सिन्धुलीमाढीमा आयोजना भइरहेको महोत्सवले सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न लक्ष्य राखेको छ ।oooooo

कला, सास्कृतिक, धार्मिक र ऐतिहासिक स्थलको संरक्षण गरौ आन्तरिक पर्यटन, उधोग, ब्यपार तथा कृषिमा आधारित जुनारको प्रबद्र्धन गरौं’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवलाइ बिहिबार उद्घाटन गर्दै उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सिन्धुलीको चिनारी नै जुनार भएकाले यसलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले नेपालको विकास गर्ने हो भने कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि वढ्नुपर्ने विचार राखे ।
महोत्सवलाई सम्वोधन गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल वहादुर थापाले सिन्धुली जिल्ला नेपालकै महत्वपूर्ण केन्द्र विन्दु रहेको भन्दै यसको विकास गर्नुपर्ने वताए ।
सिन्धुली क्षेत्र नम्वर दुईका सभासद् मोहन प्रसाद वराल, क्षेत्र नम्वर १ का सभासद् गणेश कुमार पहाडी र क्षेत्र नम्वर ३ का सभासद् हरिवोल गजुरेलले कृषि क्षेत्र लगायत पर्यटन, उद्योग, व्ययापारलाई प्रवद्र्धन गर्न सिन्धुली महोत्सवले सहयोग पुर्याउने वताए ।
१ सय २५ वटा स्टल रहेको महोत्सव ५ लाख दर्शकले अबलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
सिन्धुली शैक्षिक परामर्श तथा प्रविधि प्रद्र्धशनी मेला
सिन्धुली महोत्सवअन्तर्गत पहिलो पटक शैक्षिक परामर्श तथा प्रविधि प्रद्र्धशनी मेला पनि संचालन भईरहेको छ । पौष १४ गतेसम्म संचालन गरिने प्रविधि प्रद्र्धशनी मेलामा विभिन्न आइटी कम्पनी र कलेजहरुको स्टल रहेको छ ।
प्लानेट अर्थ सोलुसन्सको मूख्य प्रायोजन रहेको मेलामा सिन्धुलीबासीको प्रविधिप्रतिको उत्सुकता बुभेर राष्ट्रिय रुपमा परिचित सफ्टवेयर र हार्डवेयर कम्पनीलाई ल्याइएको आइसिटी संयोजक मुकेश धमलाले बताए । कलर्स, टचकनलगायतका मोबाइल कम्पनी, लिभिंग विथ आइसिटी म्यागजिन, बिगटेक, बि एस एस कम्पुटर लर्निंग सेन्टर, एवल टेक्नोलोजी लगायतका कम्पनीका स्टलमा अबलोकनकर्ताको बढी आकर्षण रहेको छ ।IMG_20141225_135442
पुष १४ गते हुने एडु टेक कन्फरेन्समा  शिक्षा मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्याप्सन, हिसान, इक्यान, क्यान, आइसिटी एसोसियशन, अनलाइन पत्रकार संजाल, आइटी पत्रकार संजाल, स्थानीय स्कुल व्यवसायी, पत्रकार, पेशाकर्मी, गैससको सहभागिता हुनेछ ।
त्यहाँ बिभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत भइ ओपन हाउस छलफल हुने र  उच्च शिक्षा, प्रविधि प्रयोग, सुरक्षा प्रणणी लगायतको विषयमा जानकारी  दिने धमलाले बताए ।sindhuli mahotsab2

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *