Home / Sindhuli Edu-Tech Expo / ‘सिन्धुली महोत्सवको विशेष आकर्षणमा शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी’

‘सिन्धुली महोत्सवको विशेष आकर्षणमा शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी’

मुकेश धमला
संयोजक, आइसिटी व्यवस्थापन समिति, सिन्धुली महोत्सव

तेस्रो सिन्धुली महोत्सवलाई भव्य र सभ्य बनाउन के–के गर्दै हुनुहुन्छ ?
सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । यसपटक फरक प्रयासस्वरुप जिल्लामै पहिलो पटक शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी मेला तथा बृहत् राष्ट्रिय शैक्षिक तथा प्रविधि सम्मेलन (एडु–टेक कन्फ्रेन्स)हुदैछ । यसका अतिरिक्त जिल्लाका मौलिक उत्पादनहरु, फलफुल, कषि, अटोमेला, हस्तकला प्रदर्शनी तथा वित्तीय तथा अन्य सेवामूलक संस्थाहरुको सेवा तथा बाल उद्यानराखिनेछन् ।

जिल्लामै पहिलो पटक शैक्षिक तथा प्रविधि प्रदर्शनी मेला गर्दैहुनुहन्छ । मेलाको विशेष आकर्षण केके हुन् ?
सिन्धुली विद्यार्थी समाज र उद्योग वाणिज्य संघ सिन्धुलीको विशेष पहलमा डिजिटल सिन्धुली निर्माणार्थ पहिलो पटक एडु टेक मेला गर्दैछौं । विषेश छुटका साथ स्कुल, सहकारी, बैंकलगायतका सफ्टवयेर तथा हार्डवयर, सेक्युरटी सिस्टमहरु, सेक्युरिटी साइरनहरुको प्रदर्शनी, सरकारी कार्यलयलाई प्रविधि प्रयोगमा प्रोत्साहन गरिनेछ । त्यस्तै वृहत राष्टिय शिक्षा तथा प्रविधि सम्मेलन (एडु टेक कन्फ्रेन्स),पुस १५ गते गर्दैछौं । सम्मेलनमा शिक्षा तथा प्रविधि क्षेत्रमो राष्टिय तथा अन्तराष्टिय रुपमा परिचित विज्ञहरु, शिक्षा मन्त्रालय, प्याब्सन, हिसान, ईक्यान, कम्प्युटर एसोसिएसन अफ नेपाल, आइसिटी एसोसिएसनलयायतबाट प्रस्तुत गरिने अनुसन्धानमूलक कार्यपत्रमा छलफल हुनेछ ।

mela sindhuli

सिन्धुली नया बजार भएकाले केन्द्र तथा जिल्लाका कम्पनीहरु कत्तिको आउने अपेक्षा राख्नुभएको छ ?
प्रविधि क्षेत्रमा सिन्धुली पछि परेको र बजार व्यवस्थापन गर्न गाह्रो भएको नाममा सूचना प्रविधिका कम्पनीहरु चाहेर पनि यहाँ आउन नसकेको अवस्था हो । यद्यपि हामीले सिन्धुलीबासीको प्रविधिप्रतिको उत्सुकता बुभेर राष्ट्रिय परिचित सफ्टवेयर र हार्डवेयर कम्पनीलाई ल्याउन प्रयास गरेका छौं । सिन्धुली भित्रकै सरकारी कार्यलहरुमा प्रविधि प्रयोगलाई प्रोत्साहन गर्ने अनुरुपका प्रदर्शनी गर्नेछौं ।

महोत्सवको व्यवस्थापनका लाग कसरी काम गर्दैहुनुहुन्छ ? आयोजकले अवलोकनकर्ताबाट कस्तो अपेक्षा राखेको छ ?
महोत्सबलाइ सफल बनाउन स्थानीय जनता, राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था तथा वित्तिय संस्थाहरुलाई परिचालन गरेका छौं । लागिपरेकाले सभ्य र भव्य हुनेमा आशावादी छौं । महोत्सव प्राङगणभित्र विशेष सुरक्षाका निमित्त चौविसै घण्टा सिसिभिीबाट सुरक्षा प्रदान गरिनेछ । करिब ५ लाख अवलोकनकर्ताले महोत्सव हेर्ने अनुमान आयोजकको छ ।

logoa

Check Also

इथिकल ह्याकर अर्विन गोदार भन्छन्– ‘नेपालमा बग बाउन्टी प्रोग्रामकाे कल्चर नै छैन’

‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा …

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *