Home / Featured / मोटोरोलाका ‘लो रेन्ज’का स्मार्टफोनहरु बजारमा

मोटोरोलाका ‘लो रेन्ज’का स्मार्टफोनहरु बजारमा

मोबाइल इतिहासमा पहिलो फोन सार्बजनिक गर्ने मोटोरोला नेपालमा आधिकारिक रुपमा बजारमा बिक्रि सुरु भएको छ। यसअघि केहि सेटहरु उपलब्ध भए पनि आधिकारिक बिक्रि सुरु भएको थिएन ।

पछिल्लो समय मोटोरोला अर्थात् ‘मोटो’का रूपमा विश्व स्मार्टफोन बजारमा चिनिएको मोटोरोलालाई नेपालमा लाइफकम प्रालिले भित्र्याएको हो।

सन् २०१४ को अन्त्यमा लेनोभो गु्रप होल्डिङ कम्पनीले मोटारोलालाई खरिद गरे तापनि मोटोरोलाको मोटो जीलगायत अन्य उत्पादनलाई भने निरन्तरता दिएको छ। त्यही उत्पादनमध्ये कम्पनीले नेपाली बजारमा मोटो सी, मोटो सी प्लस, मोटो ई४ र मोटो ई४ प्लस सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ। आकर्षक डिजाइन र उत्कृष्ट प्रविधिका साथ बजारमा सार्वजनिक भएको मोटोरोलाका स्टर्माफोन मिड रेन्जमा उपलब्ध छन्।

 

मोटोरोला मोबिलिटी प्रालिका कन्ट्री म्यानेजर सुधिन माथुरका अनुसार मोटोरोलाका नयाँ स्मार्टफोनले हरेक वर्गका प्रयोगकर्ताको मागलाई प्रतिनिधित्व गर्न सक्नेछ।

साथै प्रयोगकर्तालाई यो स्मार्टफोनले फरक अनुभव प्रदान गर्ने उनको भनाइ छ। उनका अनुसार मोटो सी र मोटो ई कम्पनीको सफल उत्पादन हो। सस्तो मूल्यमा ग्राहकले धेरैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार नेपालमा भित्रिएको स्मार्टफोनमध्ये मोटो ई ४ प्लसमा ५.५ इन्च फुल एचडी डिस्प्ले, १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, पाँच हजार एमएएच क्षमताको ब्याट्री, फिंगर प्रिन्टलगायत सुविधा छन्।

यसको बजारमूल्य २० हजार ९ सय ९० रूपैयाँ तोकिएको छ। त्यस्तै एन्ड्रोइड ७ मा आधारित मोटो ई ४ मा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। दुई हजार आठ सय एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोनको बजार मूल्य १६ हजार दुई सय ९० छ।

१३ हजार ९ सय ९० रूपैयाँमा बजारमा आएको कम्पनीको मोटो सी प्लसमा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको स्मार्टफोनमा चार हजार एमएएच क्षमताको ब्याट्री छ। एन्ड्रोएड ७.१ मा आधारित यो स्मार्टफोन नेपाली बजारमा फाइन गोल्ड कलरमा उपलब्ध छ।

त्यस्तै १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको मोटो सी एन्ड्रोएड ७.१ मा आधारित छ। स्मार्टफोनमा आठ जीबी इन्टर्नल मेमोरी र दुई हजार तीन सय ५० एमएएच क्षमताको ब्याट्री छ। यो स्मार्टफानेको बजार मूल्य १० हजार नौ सय ९० रूपैयाँ छ। साथै कम्पनीले आफ्नो बजार विस्तारका लागि केही समयभित्र अन्य सिरिजका स्मार्टफोनसमेत सार्वजनिक गर्ने जानकारी दिएको छ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *