Home / CAN SofTech 2014 / क्यानका इभेन्टमा सुबिसुको शीर्ष प्रायोजन

क्यानका इभेन्टमा सुबिसुको शीर्ष प्रायोजन

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले यस वर्ष गर्ने सफ्टेक, ईन्फोटेक र आईसिटि कन्फरेन्सको शीर्ष प्रायोजन सुबिसु केवलनेटले गर्ने भएको छ । गत संस्करणका इभेन्टको शीर्ष प्रायोजकमा पनि सुबिसु नै रहेको थियो । त्यसैगरी तीनवटै इभेन्टको एशोसिएट स्पोन्सरको रुपमा नेपालमा सफ्टवेयर तथा हार्डवेयरको क्षेत्रमा क्रिायशील नियोटेरिक नेपाल रहेको छ भने अफिसियल बैंकमा सिद्धार्थ बैंक रहेको छ । लिभिङ विथ आइसिटी  यस पटक पनि अफिसियल म्यागजिनको रुपमा रहेको छ ।
आगामी भदौ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सफ्टेक २०१४ आयोजना हुँदैछ । त्यसैगरी सुबिसु क्यान ईन्फोटेक २०७१ साल माघ १४ गते देखि १९ गते भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिने छ भने सुबिसु क्यान आईसिटि कन्फरेन्स २०७१ साल माघ १८ देखि १९ गते हुने जानकारी दिइएको छ । बिहिबार क्यान महासचिव अमृत पन्तले प्रेस विज्ञप्ती जारी गर्दै मुलुकमा सूूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता कार्यक्रमहरु वर्षै पिच्छे गर्दै आईरहेको उल्लेख गरेका छन् । साथै विज्ञप्तीमा नेपाललाई सूूचना तथा प्रविधिको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन, आवश्यक नीति निर्माण तथा यस सम्बन्धमा हुनसक्ने विकासमा टेवा पु¥याउन समेत क्यानका कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा समेत राखिएको छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *