Home / Featured / इन्फोटेकमा ११५ कम्पनीका २१९ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउँदै

इन्फोटेकमा ११५ कम्पनीका २१९ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउँदै

canbannerकाठमाडाै‌- कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही माघ १४ देखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरईन्टेल बाई नियोटेरिक नेपाल” को तयारी तीव्र पारिएको छ । शनिबार पत्रकार सम्मेलन तथा एक्जिबिटर्स ब्रिफिङ्ग कार्यक्रम गर्दै क्यान महासंघले सो जानकारी दिएको हो ।

कुल २१९ स्टलमध्य सम्पूर्ण स्टल बुकिङ भइसकेको र स्टल निर्माण कार्य सुरु गरिएको महासंघका महासचिव अमृत पन्तले जानकारी दिए । यस संस्करणको प्रदर्शनीमा हार्डवेयर बिक्री तथा मर्मत तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, आइसिटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्ट्वेयर सोलुसन, पेमेन्ट सोलुसनलगायतका छन् ।

इन्फोटेकमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हलबाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहनेछन् । सुबिसु केबलनेट प्रालीले शिर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर डेलरईन्टल बाई नियोटेरिक नेपालले प्रायोजन गरेको हुनाले यस क्यान इन्फोटेकको संस्करणको नाम “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरईनटेल बाई नियोटेरिक नेपाल” रहेको छ ।

त्यस्तै प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– सामसुङ, गोल्ड स्पोन्सरहरु –वेभ सर्फर तथा वल्ड लिङ्क, सिल्भर स्पोन्सरहरु– कर्लस, हुुवाई, नेटिस र एस.पावर रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– प्यानासोनिक स्मार्टफोन रहेको छ ।

एक्जिबिटर्स ब्रिफिङमा जनाइएअनुसार इन्फोटेकका प्रायोजक तथा सहभागी कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादन तथा सेवाहरु आकर्षक अफरका साथ प्रदर्शनीमा राख्नेछन् । शीर्ष प्रायोजक सुबिसु केवलनेट प्रालीले फाईबर ईन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्याउने लक्ष्यका साथ विशेष योजनाहरु प्रस्तुत गर्दैछ भने इन्टरनेट, डिजिटल टिभी तथा इन्टरप्राईज सेवामा आकर्षक अफर ल्याउँदै छ ।

सहप्रायोजक नियोटेरिक नेपालले डेल कम्पनीका चारैतिर घुमाएर चलाउन सकिने (३६० डिग्री घुम्ने) ल्यापटपहरु प्रदर्शनीमा राख्दैछ । उसले सेल्स काउन्टर, सर्भिस क्याम्प र एक्सचेन्ज अफर समेत राखेको छ ।

डायमण्ड स्पोन्सर इन्टरनेश्नल मार्केटिङ सर्भिसले सामसुङका पछिल्ला स्मार्टफोन प्रदर्शनीमा राख्दैछ । जसअनुसार दैनिक लक्की ड्र, एक्सचेन्ज अफर तथा सामानहरुको खरिदमा विभिन्न उपहार प्रदान गरिने छ । साथै सामसुङको प्रत्यक मोबाइलको खरदिमा ५ प्रतिशत बराबरको एनटिसी तथा एनसेलको रिर्चाज कार्ड प्रदान गरिने भएको छ ।

गोल्ड स्पोन्सर वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीले उपत्यका र यस नजिकका शहरका करिब ८० हजार घरमा सीधै र सजिलै इन्टरनेट सेवा सेवा सुरु गर्ने भएको छ । यसबाहेक उपत्यकाबाहिर विभिन्न १२ ओटा मुख्य शहरमा सञ्चालित सेवामा विशेष सुविधासहितका प्याकेज उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ ।

सिल्भर स्पोन्सर एस पावर बिपिई प्रालीले भमाको इलेक्ट्रो म्याग्नेटिक इन्टरयाक्टिभ ह्वाइट बोर्ड इन्फोटेकमा प्रदर्शन गर्दै छ ।

अफिसियल एसएमएस पार्टनर स्प्यारो एसएमएसले विशेष एसएमएस बुकिङ्ग सर्भिसको शुरुवात गर्ने भएको छ । जसमार्फत आफूलाई चाहिएको सामानको नाम द्यययप टाइप गरी स्टल नम्बरको साथमा ५००१ मा पठाउन सकिनेछ ।

अफिसियल बैंक सिद्घार्थ बैंकले ईन्फोटेकलाई लक्षित गरी अन्र्तराष्ट्रिय प्रिपेड ट्राभल कार्डको खरीदमा कार्ड लिनको लागि शुरुमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । साथै प्रदर्शनी हल परिसरमा सिद्घार्थ बैंकले मोबाइल ATM समेत राख्ने भएको छ ।

इन्फोटेकको अफिसियल आइटी म्यागेजिन लिभिङ विथ आइसिटीले इन्फोटेकको अवसरमा ई–म्यागेजिन शुभारम्भ गर्दैछ भने इन्फोटेक अवधिभर नयाँ ग्राहक अफरअन्तर्गत निःशुल्क क्यासपरस्की वा मिदास ई–क्लास उपलब्ध गराउँदै छ ।

यसपटक विशेष आकर्षणका रुपमा एप्पलको आइफोन सिक्स प्लस, सामसुङको ग्यालेक्सी नोट फोर, एलजी जी थ्री फ्याब्लेट, जियोनीको संसारकै पातलो स्मार्टफोन, किबीको संसारकै सबैभन्दा सानो मोबाइललगायतका अवलोकनकर्ताको आकर्षण हुने छ । यसका साथमा आइएसपी, चर्चित ब्राण्डका स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, कम्प्युटर एक्सेसोरिज, सिसिटिभी, राउटर, ब्याट्री, सोलार प्यानल, युपिएस, प्रिन्टर, प्रोजेक्टर, जेनेरेटर, क्यामेरालगायतका प्रविधि प्रदर्शनी गरिने छ । इन्फोटेकमै स्कुल, होटल, बैंकका एटेन्डेन्स डिभाइस तथा विभिन्न सफ्टवेयर, अनलाइन पेमेन्ट सिस्टम, मोबाइल एप्स, एन्टिभाइरस, नेटवर्किङ प्रडक्ट, प्रोफेसनल आइटी ट्रेनिङ कम्पनीका स्टलसमेत रहेका छन् ।

प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखि प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ ।

ICT confrenceत्यसैगरी फेब्रुअरी १ र २ मा Information Communication Technology for Development and Social Transformation मूल नाराका साथ दुई दिने क्यान आइसिटी सम्मेलन हुने छ ।
सम्मेलनमा IIM अहमदाबादका प्रा.डा. सुभाष भट्नाकर की नाेट स्पिकरको रुपमा रहने छन् । सम्मेलनमा ४ वटा सेसन र २ वटा प्यानल डिस्कसन हुने जानकारी सम्मेलनका सहप्रमुख रोमकान्त पाण्डेले दिए ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *