Home / Featured / इन्फोटेकको तेस्रो दिन ७२ हजारले गरे अवलोकन

इन्फोटेकको तेस्रो दिन ७२ हजारले गरे अवलोकन

‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ को तेस्रो दिन शुक्रवार ७१ हजार ३ सय ३९ जना दर्शकले मेला अवलोकन गरेका छन् । महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका थिए । यस्तै दोस्रो दिन ५१ हजार ७ सय ३५ जनाले अवलोकन गरे । आज समेत गरेर कुल १ लाख ७० हजार ६ सय ५ जनाले मेला अवलोकन गरिसकेका छन् । infotech photo

इन्फोटेक अवलोकनका निम्ती विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहयो । नेपाल सरकारका परराष्ट्रमन्त्री महेन्द्र बहादुर पान्डे, नेकपा एमाले केन्द्रिय कमिटी सचिव प्रदिप ज्ञवालीले प्रदर्शनी भ्रमणपश्चात पछिल्लो संस्करणका धेरै प्रविधि र उपकरणहरुको बारेमा बुझ्न पाएको प्रतिक्रिया दिनुभयो । तेस्रो दिन नेपाल सरकारका वरिष्ठ अधिकारी एवं कुटनैतिक नियोगका पदाधिकारीहरुको पनि इन्फोटेकमा उपस्थिती थियो । IMG_0249
क्यान महासंघको आयोजनामा भृकुटीमन्डपमा संचालन भैरहेको ‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल’ मा प्रविधि प्रेमी दर्शकहरुको उपस्थिती उत्साहवर्धक रहयो ।
इन्फोटेकमा सहभागी विभिन्न कम्पनी, सेवाग्राही तथा डिस्ट्रिब्युटर्सले नयाँ नयाँ प्रविधि एवं उपकरण सार्वजनिक गरेका छन् । इन्फोटेकमा मोबाइल फोनसम्बद्ध ब्रान्डहरुले एक्सक्लुसिभ ब्रान्डिङ योजना प्रस्तुत गरेका छन् । सामसुङ, पानासोनिक, कार्बन, हुवावे, किभी, भिडियोकोन, कलर्स आदिले विषेश अफरसहितका कार्यक्रम पेश गरेका छन् ।DSC07000 यस अतिरिक्त इन्टरनेट सेवाप्रदायक संस्थाहरु, टेलिकम्युनिकेसन्स सेवाप्रदायक, हार्डवेयर तथा सफ्टवेयर उत्पादनसम्बद्ध संस्था, नेटवर्किङ कम्पनीहरु, मोबाइल एप्लिकेसन्स डेभलपरहरु इन्भर्टर एवं ब्याट्रीका विक्रेताहरुले दर्शक आकर्षित गर्ने प्याकेज ल्याएका छन् ।
मेलामा स्मार्टफोनका अतिरिक्त ल्यापटप, डेस्कटप कम्प्युटर, एन्टीभाइरस सफ्टवेयर, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, सिसिटिभी, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभजस्ता उपकरणका पछिल्ला संस्करणहरु देखिएका छन् । त्यतिमात्र होइन्, हालैमात्र विश्वबजारमा देखा परेका प्रविधि र उपकरण मेलामा उपलब्ध हुनुले ‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल’ को गरिमा बढाएको छ । 10405363_1061694130523561_7972148871441078522_n
इन्फोटेकमा मर्कन्टाइल सलुसनले सस्तो मुल्यमा फोटो प्रिन्टर उपलब्ध गराएको छ । त्यस्तै, इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न (आइईसी) ले ७ हजार ५ सय रुपैयामा प्रिन्ट, स्कान र फोटोकपी गर्ने मेसिन मेलामा उतारेको छ । शिर्ष प्रायोजक सुबिसु केबलनेटले ९ हजार ९ सय ९९ रुपैयाँमा क्लियर टिभीको विशेष अफर ल्याएकाले दर्शकको घँुइचो उक्त स्टलमा छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *