Home / Featured / इन्फोटेकको चौथो दिनसम्म साढे २ लाख अवलोकनकर्ता, आइतबार ‘बिजनेस डे’

इन्फोटेकको चौथो दिनसम्म साढे २ लाख अवलोकनकर्ता, आइतबार ‘बिजनेस डे’

canbanner‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ को चौथो दिन अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकले मेला अवलोकन गरेका छन् । क्यान सचिवालयले दिएको जानकारीअनुसार शनिबार ८१ हजार ३ सय २२ दर्शकले मेला अवलोकन गरेका छन् ।

महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका थिए । यस्तै दोस्रो दिन र तेस्रो दिन क्रमश ५१ हजार ७ सय ३५ र ७१ हजार ३ सय ३९ जना दर्शकले मेला अवलोकन गरे । शनिबारसमेत गरेर कुल २ लाख ५१ हजार ९ सय २७ जनाले मेला अवलोकन गरिसकेका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेला अवलोकन गरेका छन् ।

मेला अवलोकनका क्रममा आयोजनास्थलमा आएका एमाले अध्यक्ष ओलीले क्यान इन्फोटेकको आयोजनाले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को विकासमा महत्वपूर्ण योगदान पुगेको बताए । चरम भौगोलिक विकटता भएको हाम्रो जस्तो मुलुकमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम् उपयोग गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीका साथमा एमाले केन्द्रिय कमिटिका सचिव प्रदिप ज्ञवाली, विष्णु रिमाल, विन्दा पान्डेको पनि उपस्थिती थियो । मेला अवलोकनपश्चात अध्यक्ष ओलीले मुलुक विकासका निम्ती सूचना तथा सञ्चार प्रविधिका पछिल्ला संस्करणहरुको बारेमा बृहत् जानकारी पाएको बताउ“दै आममानिसमा यसप्रकारको ठूलो महोत्सवले जनचेतना फैलाउने धारणा राखे ।

मेलाको पाँचौ दिन अर्थात आइतबारलाई ‘विजनेस डे’ तोकिएको छ । विभिन्न उत्पादन तथा सेवासम्बद्ध व्यवसायीहरुलाई लक्षित व्यवसायी एवं उपभोक्तासँग विशेष अन्र्तक्रिया गर्न पाउने अवसर मिलोस् भन्ने अभिप्रायले इन्फोटेकको १ दिन ‘विजनेस डे’ कार्यक्रम राख्ने गरिन्छ । सो दिनको टिकट मूल्य सबैका लागि रु. १५० राखिएको छ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *