Home / CAN SofTech 2014 / सफ्टेक २०१४ को तयारी तीव्र

सफ्टेक २०१४ को तयारी तीव्र

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले वार्षिक रुपमा गर्दै आएको सफ्टेकको सातौं संस्करणको तयारी तीव्र पारेको छ । भदौ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने ‘सुबिसु क्यान सफ्टेक २०१४ इन एशोसिएसन विथ नियो ईआरपि’मा मा १ सय ४२ स्टल सहभागी हुने जानकारी आयोजकले दिएको छ । बुधबार प्रेस सेम्मेलन गर्दै क्यानले ७० प्रतिशत स्टल बुकिङ भइसकेको जनाएको छ । यस अन्तर्गत सफ्ट्वेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस, अस्पताल व्यवस्थापन लगायतका सफ्ट्वेयरको प्रदर्शनी गरिनेछ ।

त्यस्तै सेवा सम्बन्धी क्षेत्रमा इन्टरनेट, केबल तथा टेलिभिजन सम्बन्धी सेवा रहने छन् । सोलुसनको क्षेत्रमा सेक्युरिटी सोलुसन, वायरलेश सोलुसन, प्रिन्टिङ्ग सोलुसन, पावर सोलुसन र विभिन्न एप्लिकेशनसहितका स्टल रहने छन् । यसका साथमा कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टल थप गरिने बताइएको छ । नेपाल सरकारका विभिन्न निकायले गरेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिको प्रदर्शनी पनि सफ्टेकमा हुने छ ।

सफ्टेकमा आइसिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सेमिनार कार्यक्रम गरिने भएको छ । एस्क्यूए इन्थुजिएस्टसँगको सहकार्यमा एक दिवसिय वेब सेक्युरिटी विषयक सेमिनार कार्यक्रम र ग्रिन आइटी सोलुसन्ससँगको सहकार्यमा एक दिवसिय भर्चुलाइजेशन कार्यशाला समेत गरिने बताइएको छ ।

त्यस्तै, मिदास एजेकेशनसँगको सहकार्यमा ‘लर्न अन मोबाइल’को अवधारणाअनुरुप मिदास ई क्लास एप सम्पूर्ण भिजिटरलाई उपलब्ध गराउने जानकारी पनि प्रेस सम्मेलनमा दिइयो ।10602827_10203699983694464_859307383_n

सफ्टेकको अवसरमा सहभागी कम्पनीहरुले विभिन्न स्किम सहितका प्रोडक्ट प्रदर्शनीमा राख्ने छन् । शीर्ष प्रायोजक सुबिसु केबल नेट प्रालिले इन्टरप्राइज सेवाहरु, प्रोडक्सन होस्टिङ सोलुसन डेडिकेटेड एण्ड म्यानेज्ड होस्टिङ सोलुसन, अप्टिमाइज्ड इन्टरप्राइज्ड इन्टरप्राइज इन्टरनेट र म्यानेज्ड भिडियो प्रिजेन्स जस्ता सेवाको जानकारी दिनेछ ।

यसै गरी सिल्भर स्पोन्सर ईरासफ्ट सोलुुसन प्रा. लि. ले माबाईलको प्रयोगबाट नै ट्याक्सी सेवा लिन तथा प्रदान गर्न सकिने (अनभर स्मार्ट ट्याक्सी) सेवा यसै सफ्टेकबाट शुरुवात गर्ने छ । प्रिन्ट स्पोन्सर सागर इन्फोसिसले कास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी र प्रेस्टिजिओ स्मार्टफोन र ट्याब्लेटमा विशेष अफर दिने भएको छ ।

सातौं संस्करणको सफ्टेकलाई सफल पार्न सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति, सफ्ट्वेयर उद्योगी, सफ्टवेयर प्रयोगकर्ता, नीति निर्माता, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थी, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा नेपाल सरकारका विभिन्न निकाय, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज तथा अन्य निजी क्षेत्रमा क्रियाशील संघ संस्थालाई आयोजक क्यानले अनुरोध समेत गरेको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *