Home / CAN Infotech 2016 / कम मूल्यमा कार्बनको उत्कृष्ट स्मार्टफोन ‘टिटेनियम म्याच फाइब’

कम मूल्यमा कार्बनको उत्कृष्ट स्मार्टफोन ‘टिटेनियम म्याच फाइब’

एलाइड ट्रेडलिकं इन्टरनेशनल प्रालिले पानासोनिक तथा काबर्न ब्रान्डका विभिन्न फिचरहरु समावेश गरिएका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । यसमध्ये कार्बन टिटानियम म्याच फाइब (Titanium Mach Five) एक आकर्षक फोन हो, जुन कम मूल्यमा बजारमा उपलब्ध छ ।

यस स्मार्टफोमा ५ इन्चको डिस्प्ले रहेको छ भने जसमा ७२० ह १२८० पिक्सेल रेजोलुशन छ । स्मार्टफोनमा १६ जिबीको इन्टरनल स्टोरेज (एसडि कार्डमार्फत ३२ जिबीसम्म बढाउन सकिने), २ जिबी र्याम, १.३ गिगाहर्जको क्वार्डकोर प्रोसेर, एन्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टम समावेश गरिएको छ । यसैगरी, स्मार्टफोनमा ८ मेगापिक्सलको रिअर क्यामेरा र ५ मेगापिक्सलको प्रन्ट क्यामेरा जडित छ ।

दुवै क्यमेरामा फ्लास रहेको छ । यसकारण फ्रन्ट क्यमेराबाट पनि कम उज्यालोमा राम्रा सेल्फीहरु खिच्न सकिन्छ । २२०० एमएमचको ब्याट्री क्षमता छ । विक्रेता कम्पनीका अनुसार टिटेनियम म्याच फाइबको नेपाली बजार मूल्य रु १३ हजार ४ सय ९० रहेको छ ।

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *