Home / Featured / आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।

शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभ्रेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको छ । स्टार्टअप कम्पनीका लागि www.ictawardnepal.com/top-5-startup-companies र इन्नोभेटिभ प्रडक्टका लागि www.ictawardnepal.com/top-5-innovative-products/ मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ । यसबारे विस्तृत जान्न आइसिटी अवार्ड २०१७ को अफिसियल फेसबुक पेज www.facebook.com/ICTAward र अफिसियल वेबसाइट www.ictawardnepal.com भिजिट गर्न सकिन्छ ।

आइसिटेक मिडियाको आयोजनामा आगामी भदौ १ मा हुने अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक/एक जनालाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

८ सदस्यीय जुरी टिममा रवि फुयाल (संयाेजक), अस्गर अलि, हेमपाल श्रेष्ठ, सुवास ढकाल, नरोत्तम अर्याल, किशोर पन्त, विक्रम श्रेष्ठ र मनोज शाक्य रहेका छन् ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *