Home / Featured / ५००० एमएएच ब्याट्रीको साथ इनफोकस टर्बो ५

५००० एमएएच ब्याट्रीको साथ इनफोकस टर्बो ५

नयाँ दिल्ली, भारतमा इनफोकसले आफ्नो नयाँ बजेट स्मार्टफोन टर्बो ५ घोषणा गरेको थियो र यो नेपालमा पनि चाडै भित्रिने तयारीमा छ  ।

यस स्मार्टफोनको मुख्य आकर्षण भनेको यस फोनको प्रभावशाली ५००० एमएएचको ब्याट्री हो जसले २३ घण्टाको बोल्ने समय र ८१६ घण्टाको इस्ट्यान्डबाइ समय दिन्छ ।

त्यसैगरि इनफोकस टर्बो ५मा ५.२-इन्चको ७२०पीको डिस्प्ले छ र यसको माथि २.५डीको कर्भ सिसा छ ।  यो स्मार्टफोन क्वाड-कोर मीडियाटेक एमटी६७३७ द्वारा संचालित छ भने यो एन्ड्रोइड ७.०मा चल्छ । यसबाहेक यस फोनमा २ जीबी वा ३ जीबीको र्यामको विकल्प छ भने भित्रि मेमोरीको सन्दर्भमा यसमा १६ जीबी र ३२ जीबीको विकल्प छ । साथै माइक्रोएसडी कार्ड स्लट द्वारा, यसमा ३२ जीबी मेमोरी बढाउन मिल्छ ।

इनफोकस टर्बो ५को पुरै सरिर धातुको छ र यसको पछाडी फीइंगरप्रिन्ट रीडरपनि छ जसले ०.५सेकेन्डमै फोनेलाई अनलक गर्न सक्छ र यो फीइंगरप्रिन्ट रीडरले सेल्फी जस्ता फिचरमापनि प्रयोग गर्न मिल्ने छ ।

क्यामेराको सन्दर्भमा यस फोनको पछाडी १३-एमपीको क्यामेरा (एलईडी फ्ल्यास सहित) छ भने यसको सेल्फी क्यामेरा ५-एमपीको छ ।

त्यसैगरी, यस फोनमा रीभर्स चार्ज फिचर छ जसले गर्दा यस फोनेलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मूल्यको कुरा गर्दा पनि यो फोन धेरै किफायती छ र २० हजार भन्दा कम मूल्यमा उपलब्ध हुने कम्पनिले जनाएको छ

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *