Home / Featured / सिटिसी मलमा जारी मोबाइल एक्सपोमा अफरै अफर

सिटिसी मलमा जारी मोबाइल एक्सपोमा अफरै अफर

राजधानीको सुन्धारास्थित सिटिसी मलमा भइरहेको सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्सपोमा विभिन्न किसिमका आकर्षक अफरहरू प्रदान गरिएको छ । कार्यक्रममा सामसुङको मुख्य प्रायोजन रहेको छ ।post

सूचना प्रविधिको नयाँ आधार सबैकालागि सिटिसी मोबाइल बजार भन्ने नाराका साथ संचालिन भइरहेको यस एक्सपोमा विभिन्न डेढ दजन ब्राण्डका मोबाइलहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । प्रत्येक मोबाइलहरूले विभिन्न किसिमका अफरहरू ग्राहकलाई प्रदान गरिरहेका छन् ।_mg_2917

यस एक्सपोमा सामसुङ ग्यालेक्सी जेटु ६ को खरिदमा १ सय देखि १ हजार रुपैयाँसम्म रिचार्जकार्ड पाइने ब्यबस्था गरिएको छ । मोबाइल खरिदकर्तालाई लक्की ड्रमा समाबेस गरिनुका साथै भाग्यशाली बिजेताले लक्की ड्र मार्फत १ जनालाइ मोटरसाइकल, टेलिभिजन, रेफ्रिजेरेटर, स्मार्टफोन आदि जित्नुका साथै क्यास ब्याक समेत पाउने छन् ।thumb_img_8548_1024

असोज १५ सम्म चल्ने यस एक्सपोमा १ लाख बढिले अवलोकन गरिसकेको सिटिसी मोबाइल बजारका कोषध्यक्ष मनोज सायमीले बताएका छन् । अवलोकनकर्ताको मनोरञ्जनकालागि विभिन्न कलाकारहरूले सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिरहेका छन् ।_mg_2900

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।_mg_2874

यस एक्सपोमा ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार भइरहेको छ भने ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छन् ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *