Home / Featured / साओमी रेडमी ४ एक्स नेपाली बजारमा

साओमी रेडमी ४ एक्स नेपाली बजारमा

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले रेडमी सिरिज अन्तर्गतको रेडमी ४ एक्स (Red Mi 4X) स्मार्टफोन नेपाल भित्र्याएको छ ।

पछिल्लो समयमा साओमी रेडमी नोट ४, रेडमी ४ ए, रेडमी ४ प्राइम र प्रिमियम सेटका रुपमा रहेको मि मिक्स र मि नोट २ को सफलतापछि रेडमी ४ एक्स्सलाई नेपाल भित्र्याइएको कुरा कम्पनीका ब्रान्ड म्यानेजर पारस सिल्वालले बताए ।

रेडमी ४ एक्स्स का फिचरहरुमा ५ इन्च एलइडी डिस्प्ले, मेटल बडी, १.५ गिगाहर्ज क्वाल्कम स्नाप्ड्रागन ४३५ प्रोसेसर, २ जिबी र्याम, १६ जिबी इन्र्टनल स्टोरेज, ४१०० एमएएच ब्याट्री, १३ मेगापिक्सल रियर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ६.१ मार्सम्यालो अपरेटिङ सिस्टमलगायतका फिचरहरु रहेका छन् ।

यस फोनको वजार मूल्य १८ हजार ४ सय ९९ रहेको छ । कम्पनीले मे १ तारिख सम्मको लागि अफर योजना अन्तर्गत प्रत्येक रेडमी ४ एक्स फोनको खरिदमा रु ९९९÷– मूल्य बराबरको मि इन–इयर हेडफोनन बेसिक म्याट दिने घोषणा गरेको छ । यो सेवा मिका न्यूरोड र लबिम मलको सोरुम, मि नेपालको अफिसल बेबसाइट  का साथै नेपालका अधिराज्यभरका खुद्रा पसलबाट प्राप्त गर्न सक्नुहुनेछ ।

विभिन्न इलेक्ट्रोनिक्स सामानहरु तथा स्मार्टफोन विक्रेता रहेको साओमीले नेपाली बजारमा आफ्नो ग्राहकलाई उपभोग्य सामाग्रीबाट सन्तुष्ट बनाउदै आएको कुरा विक्रेता कम्पनीका ब्रान्ड म्यानेजर पारस सिल्वालले बताएका छन् ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *