Home / Featured / २४ मेगापिक्सेल सेल्फी क्यामेरा भएको भिभोको भि ७ नेपाली बजारमा, यस्ता छन् मुख्य विशेषता

२४ मेगापिक्सेल सेल्फी क्यामेरा भएको भिभोको भि ७ नेपाली बजारमा, यस्ता छन् मुख्य विशेषता

विश्वमै उत्कृष्ट ५ स्मार्टफोन ब्रान्डमा पर्ने भिभो नेपाली बजार भित्रिएको छ । नेपाली ग्राहकको स्मार्टफोनप्रतिको उच्च मनोकांक्षालाई मध्यनजर गर्दै भिभोले नेपाली बजारमा नयाँ सेल्फी मोबाइल भि सेभेन ल्याएको हो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भि सेमेनको सार्वजनिक चलचित्रकर्मीहरु आशिफ शाह, निश्चल बस्नेत र स्वस्तिमा खड्काले गरे ।

सो अवसरमा भिभो नेपालका सिइओ पिटर ओयुले नेपाली ग्राहकलाई गुणस्तरीय स्मार्टफोनको सेवा दिन भिभो नेपालमा आएको बताए ।

भिभो नेपालकी ट्रेड म्यानेजर आशा थापाले सस्तो रुपैयाँमा धेरै विशेषता भएको भिभो सेभेन ग्राहकलाई मन पर्नेमा आफू विश्वस्त भएको बताइन् ।

अन्यभन्दा भिन्न फोटोग्राफी विशेषता, स्किृन क्वालिटी र समग्र डिजाइन भएको साथै २४ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको र फुलभ्यु डिस्प्ले भएको भि सेभेन आधुनिक प्रविधिबाट सुसज्जित रहेको कम्पनीको दाबी छ ।

भि सेभेनमा रहेको बेस ब्युटी ७.० फिचरले डिएसएलआर क्यामेराले जस्तै कम उज्यालोमा भएको वातावरणमा पनि सेल्फीलाई चहकिलो बनाउनु्का साथै रगंहरुमा एकरुपता ल्याउँदछ ।

फिन्गर प्रिन्ट सेन्सरबाट भि सेभेनमा फेस एक्सिस प्रविधिले फोन अनलक गर्न मिल्छ ।

यस फोनको मुल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

भिभो सेभेन ३ डिसेम्बरबाट बजारमा उपलब्ध हुनेछ । फोन किन्न चाहनेलाई प्रि बुकिङको सुविधा छ ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *