Home / Featured / जिबिजी स्टोरीमा नेपालका ३ स्टार्टअप, अनलाइन भोट गरी जिताउन सकिने

जिबिजी स्टोरीमा नेपालका ३ स्टार्टअप, अनलाइन भोट गरी जिताउन सकिने

गु्गलको प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले आयोजना गर्ने गुगल बिजनेश ग्रुप स्टोरी सर्चको २०१७ संस्करणमा नेपालका ३ स्टार्टअप स्टोरी छानिएका छन् ।

गुगल बिजनेश ग्रुप (जिबिजी) अन्तर्गत आयोजना हुने यो प्रतिष्पर्धाको फाइनालिस्टमा नेपालबाट खल्ती, खालीसिसी र इको सेल इन्डस्ट्रिज गरी ३ स्टार्टअप पर्न सफल भएका हुन् ।

यसपटक ९ उत्कृष्ट स्टोरीलाई जिबिजी स्टोरी सर्चमा २०१७ मा प्रस्तुत गरिएको छ । यसअन्तर्गत नेपालबाट सबैभन्दा बढी ३, फिलिपिन्सका २, इन्डोनेशिका २, थाइल्यान्डको १ र मोरोक्कोको १ स्टार्टअप पनि सुचीकृत भएका छन् ।

सबै कम्पनीहरुको स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

खल्ती फिन-टेक कम्पनी हो, जसले नेपालमा क्यासलेस इकोनोमीको अवधारणामा काम गरिरहेको छ । यस कम्पनीले नेपालमा डिजिटल पेमेन्टको माध्यमबाट हरेक नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्य लिएको छ ।

त्यस्तै अर्को स्टार्टअपमा खाली सिसीले डिजिटल प्लाटफर्मको प्रयोग गरी नेपाललाई फोहररहित देश बनाउने उद्धेश्य लिएको छ । 

त्यसैगरी इको सेल इन्डस्ट्रिजले नेपालमा विश्वसनीय, किफायती, वातावरणमैत्री र भुकम्प प्रतिरोधी निर्माण सामाग्री प्रदान गर्ने कम्पनीको रुपमा स्थापना भएको हो ।

आफलाई मन पर्ने स्टोरीका लागि अनलाइन भोट गर्न सकिन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । अनलाइन भोट यही विहीबार सेप्टेम्बर १३ सम्म गर्न सकिनेछ ।

कम्युनिटी फेभरेट र गुगल जजहरुले भोट गरेका उत्कृष्ट ३ स्टोरी यही शुक्रबार घोषणा हुनेछ ।

 

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *