Home / Featured / वालमार्टमा खर्बुजा किन्न जादा दुर्घटना, घाइतेलाई ७५ करोड क्षतिपूर्ति

वालमार्टमा खर्बुजा किन्न जादा दुर्घटना, घाइतेलाई ७५ करोड क्षतिपूर्ति

एक अमेरिकी नागरिकले तरबुजा किन्न बजार जाँदा ७.५ मिलियन डलर (७५ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन्।

सन् २०१५ जूनमा हेनरी वाकर तरबुजा किन्न अलाबामास्थित वालमार्टमा छिरेका थिए। एउटा तरबुजा किनेर निस्किँदै गर्दा उनको खुट्टा तरबुजाको खातमा अल्झियो र उनी भुइँमा लडे। तरबुजाको खात हेनरीको शरीरमा बजारिँदा उनको करङ भाँच्चियो।

अस्पतालमा उपचार गराएर तंग्रिएपछि हेनरीले वालमार्ट विरुद्ध अदालतमा मुद्दा हाले। मुद्दाको फैसला दुई वर्षपछि मुद्दा सुनाउँदै अदालतले घाइतेलाई ७५ करोड क्षतिपूर्ति दिन वालमार्टलाई आदेश दिएको छ।

‘वालमार्टले तरबुजाको भण्डारण जोखिमपूर्ण तरिकाले गरेकाले जोकोही पनि त्यसमा अल्झिने र घाइते हुने सम्भावना थियो। त्यसमा हेनरी परे र उनी सख्त घाइते भए त्यसैले वालमार्टको लापरवाहीलाई ध्यान दिँदै घाइते हेनरीलाई ७५ करोड रुपैयाँ क्षतिपूर्ति दिन अदालत आदेश दिन्छ’, आदेशमा भनिएको छ।

अदालतको आदेश जायज नभएको भन्दै वालमार्ट पुनरावेदनका लागि जाने भएको छ। हेनरीकै लापरवाहीका कारण घटना भएको र त्यसमा वालमार्टको कुनै दोष नरहेकाले क्षतिपूर्ति दिनुपर्ने कारण नभएको वालमार्टको दाबी छ।

 

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *