Home / Featured / एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ?

एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ?

अनुप न्याैपाने (फेसबुक पाेस्टबाट)
तैले किन एनसेलको फ्रि फेसबुकको विराेध गरेको भनेर धेरै साथीहरुले सोध्नुभयो । यसको उत्तर दिने कोसिस् गर्दैछु ।तपाईहरु पनि एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला :

इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा मुख्य हो । अहिले नेपालमा ठूलाठूला कम्पनीहरुले नै नेट न्युट्रालिटीको हनन गरी रहेका छन । एनसेलले मात्र हाेइन, एनटिसी र अन्य ISP हरुले पनि । फेसबुकको डाटालाई फ्री, अर्कोलाई पैसा लिने, युट्युबको डाटालाई फास्ट र अर्को भिडियो साईटलाई स्लो आदि गरेर हाम्रो अधिकार कुण्ठित गरिरहेका छन् ।

नेपाल विद्य्युत  प्राधिकरणले बिजुलीमा पनि यस्तै केही गर्यो भने विरोध गर्न तपाई नै आगाडि सर्नुहुन्छ होला । टिभी हेरेको एक युनिटको रु. १०, कम्प्युटरको रु. ३०, पंखा चलाको १००, अनि उशाको पंखा चै फ्रि, LG को फ्रिज चलाको रु १००० र SAMSUNG को फ्रि, आदि आदि प्लान बिजुलीमा भयो भने त्यो ठीक कि बेठीक ?

जसरी बिजुली तपाईले किने पछी , जे सुकै गर्नुस् टिभि हेर्नुस् वा पानी तान्नुस् जुन ले जति युनिट बिजुली खन्छ त्योअनुसार पैसा तिर्नु हुन्छ कि हुन्न ? सोच्नुस त उशाको पंखा जति चलाए पनि फ्रि अनि अरु कुनै कम्पनी को चैं पैसा लाग्ने सिस्टम लागु भयो भने तपाई मान्नु हुन्छ ? बिजुली जस्तै डाटा पनि हाम्रो लागि अत्यन्तै महत्वपूर्ण कुरा हो । यसमा कुनै पनि ISP वा कम्पनीले नियन्त्रण गर्न मिल्दैन । यो डेमोक्रेशीको कुरा हो । यो जनताको आधारभूत आधिकारभित्र पर्ने कुरा हो ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

6 comments

  1. K ntcle 1 sim kinda 1 free garovane sabai market le 1 kinda 1 free garnu parne

  2. अनुप न्याैपाने bhaai, timi ni Nepal Telecom ko net joda waa wlink ko unlimited package joda, chaahine paisa tira, ani timle facebook chalaaye ni chalaau, youtube hereni hera, porn hereni hera, timile tirne bhaneko yeutai ho. comparison ni milne chij ma gara, yo ta bhedaa ko buddhi jasto bhayo ektira maatra socheu. internet ra electricity ma dherai bhinnataa chha. timle kun brand ko TV chalaayeko chau bhanne NEA laai tha huncha? tara timro ISP laai tha huncha timle kun browser chalaairaakhya chau, kun device baata, tesko MAC address, ajha timle k website heriraahau bhanne web address ko IP ni tha huncha. Net Neutrality ko baarema google search garera thulaa thulaa kuraa garnu bhanda baru padha. Ma koi Ncell ko representative hoina, plus ma sanga ta ncell ko sim pani chhaina. good day 😉

    auh ani Shiva Basnet bro, post j dekhyo haalera bhayena, tyo ni living with ICT ma yesto post suhaaudaina. raamro sanga study garera post gareko raamro.

Leave a Reply

Your email address will not be published. Required fields are marked *