Home / Featured / वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले

विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला तथा सित्तैमा पाईने सफ्टवेयर वर्डप्रेसको नयाँ संस्करण वर्डप्रेस ४.९ सार्बजनिक भएको छ ।

यहि नोभेम्बर १५ तारिकको दिन सार्बजनिक भएको नयाँ संस्करणमा धेरै नयाँ कुराहरु थपिएको छ । वेबसाइटको सेक्युरिटी सहित अन्य धेरै कुरा हरुलाई लक्षित गरेर नयाँ संस्करण सार्बजनिक भएको छ ।

वर्डप्रेस ४.९ मा मुख्य त कस्टमाएजर राम्रो बनाइएको छ । प्रयोगकर्तालाई सजिलो र छिटो वेबसाइटमा थिम परिवर्तन गर्न, मिनु मिलाउन लगायत अन्य थुप्रै कुराहरु गर्न सजिलो होस् भन्ने अभिप्रायले यसलाई अझ राम्रो बनाईएकोहो । साथै, कोडहरुलाई मिलाएको, नयाँ विजेट थपिएको र भएको टेक्स्ट विजेटलाई अझ राम्रो बनाइएको छ ।

थपिएको नयाँ विजेट ग्यालरीको लागि प्रभाबकारी हुने छ । यसको मद्धतले तपाइले सहज रुपमा नै आफ्नो वेबसाइटमा फोटोको ग्यालरी बनाउन सक्नु हुनेछ । त्यसका साथै, टेक्स्ट विजेटमा थपिएको मिडिया हाल्न मिल्ने सुबिधाले टेक्स्ट विजेटको उपयोगितालाई झन् बढाएको छ । अब तपाइले टेक्स्ट विजेटको माध्यम बाट आफ्नो वेबसाइटमा भएको कन्टेन्टलाई राम्रो ढंग बाट देखाउन सक्नु हुने छ ।

वर्डप्रेस ४.९ सम्म आईपुग्दा धेरै नेपाली हरुले त्यसमा आफ्नो ज्ञान लगाएर वर्डप्रेसलाई सहयोग गरि रहेका छन् । यो संस्करणमा नेपाली वर्डप्रेस डेभ्लपर निलाम्बर शर्माले पनि धेरै सहायोग गरेका छन् । निलाम्बर शर्मा वर्डप्रेसको थिम जाँचे समूह “वर्डप्रेस थिम रिभ्यु” टिमको एडमिन हुन् । विश्व भरिमा यो समूह मा जम्मा २ जना एडमिन रहेका छन् ।

वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ । प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ ।

एक तथ्याङ्कका  अनुसार नेपालमा पनि अहिले बनिरहेका बहुसंख्यक वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। इन्टरनेटको दुनियामा बन्ने वेबसाइटहरुमा वर्डप्रेस बाट मात्रै २७ प्रतिशत वेबसाइट बन्ने गरेको तथ्यांक छ र यो हरेक दिन बढेर जानेमा कुनै दुबिधा नै छैन ।

वर्डप्रेसको उपयोगिता, सरलता र वर्डप्रेस कम्युनिटीको सक्रिय सहयोगले गर्दा पनि जो कोहीलाई वर्डप्रेसमा वेबसाइट बनाउन सजिलो हुन्छ । सित्तैमा पाउने ओपन सफ्टवेयर भएको कारणले पनि यसको प्रयोग धेरै भएको छ । सित्तैमा पाउने थिम, प्लगिन  र सपोर्टले गर्दा पनि वर्डप्रेस दिन प्रतिदिन आगाडी बढी रहेको छ ।

वर्डप्रेसको प्रयोग नेपालमा पनि दिन प्रतिदिन बढी रहेको छ साथै यसको व्यापार गरेर आम्दानी गर्ने धेरै व्यक्ति र कम्पनी छन् नेपालमा । वर्डप्रेसको बिश्व बजारमा बढेको प्रयोग संगै नेपालमा कम्पनी हरुले पनि आम्दानी बढाउदै गएका छन् ।

वर्डप्रेस ४.९ को बारेमा वर्डप्रेस को ब्लग मा प्रकाशित समाचार हेर्न https://wordpress.org/news/2017/11/tipton/

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

One comment

  1. Great news. Its true that WordPress is the best and easiest way to create website.

    Its totally free software. Ihave also installed it at my website, jobvacancypost, which is a free job posting site. Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *