Home / वोर्ल्ड लिंकले १०० एमबिपिएस गतिको इन्टरनेट ल्यायो

वोर्ल्ड लिंकले १०० एमबिपिएस गतिको इन्टरनेट ल्यायो

नेपालको पहिलो निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वोर्ल्ड लिंकले १०० एमबिपिएस गतिको इन्टरनेट सार्वजनिक गरेको छ । ५ हजार रुपैयाँमा ४० जिबी भोल्युमको इन्टरनेट दिनुका साथै प्याकेज सकिएको खण्डमा १ एमबिपिएसको अनलमिटेड डाटा दिने वोर्ल्ड  लिंकले जनाएको छ । यसै सन्दर्भमा लिभिङ विथ आइसिटीका उप–सम्पादक शिव बस्नेतले वोर्ल्ड लिंकका बजार व्यवस्थापक प्रवीण श्रेष्ठसँग कुराकानी गर्नुभएको छ :

प्रवीण श्रेष्ठ बजार व्यवस्थापक, वोर्ल्ड लिंक
प्रवीण श्रेष्ठ
बजार व्यवस्थापक, वोर्ल्ड लिंक

क्यान इन्फोटेकमा वोर्ल्ड  लिंकको सहभागिता किन ?
हामी नेपालको पहिलो र नम्बर एक आइएसपी भएकाले आमसेवाग्राहीलाई एकैपटक हाम्रा नया“ सेवाको जानकारी दिन इन्फोटेकमा सहभागी भएका हौं । यही अवसरमा वल्र्डलिंकले १०० एमबिपिएस इन्टरनेट सेवा सार्वजनिक गरेका छौं भने एउटै केबल लाइनबाट इन्टरनेट, टिभी र टेलिफोन प्रयोग गर्न सकिने प्रविधि पनि प्रदर्शनीमा राखेका छौं ।

नेपालका लागि १०० एमबिपिएस गतिको इन्टरनेट सेवा संभव छ ?
केही समयअघि केबिपिएसको जमाना थियो । हामीले १० र २५ एमबिपिएस इन्टरनेट ल्यायौं । अहिले नेपालमै पहिलोपटक १०० एमबिपिएस इन्टरनेट सार्वजनिक गरेका छौं । योस्तरको उच्च गतिको इन्टरनेट नेपालमा संभावना छ भनेर सम्पूर्ण सेवाग्रँही र अवलोकनकर्तालाई बुझाउनकै लागि इन्फोटेकमा सहभागी भएको हौं ।

१०० एमबिपिएसको इन्टरनेट सेवामा विशेष प्याकेज के ल्याउनु भएको छ ?
यो सेवाको मूल्य प्रतिमहिना ५ हजार राखेका छौ । यसमा ४० जिबी डेटा भोल्युम दिएका छौ । यदि बीचैमा यो प्याकेज सकिएको खण्डमा १ एमबिपिएसको अनलिमिटेड प्यकेज उपलब्ध गराउदैछौ । एक वर्षको सब्स्क्रिप्सनमा इन्सटलेसन र राउटर खर्च निशुल्क गरेका छौं ।

योस्तरको इन्टरनेट सेवा भोल्युममा आधारित नभई अनलिमिटेड दिन किन सकिरहनु भएको छैन ?
अनलिमिटेड डाटा दिन नसकिने होइन । तर सेवाग्राहीको बजेटले कत्तिको धान्न सक्छ त भन्ने कुरा महत्वपूर्ण हो । केबल घरायसी प्रयोजनका लगि २५ वा १०० एमबिपीएस डाटाको मूल्य धेरै हुने भएकाले साधारण नेपालीले एफोर्ड गर्न सक्दैनन् । यसकारण उच्च गतिको इन्टरनेटको अनुभव गर्न पाउन् भनेर नै हामीले भोल्युममा आधारित सेवा ल्याएका हौ । अन्तराष्ट्रिय स्तरमा पनि भोल्युममा आधारित नै इन्टरनेट सेवा हुने गरेको छ । यति भनिरहदा हामीसग अनलिमिटेड प्लान नभएको होइन । फाइबरमार्फत ३८४ केबिपिएस, ५१२ केबिपिएस र १ एमबिपिएस अनलिमिटेड सेवा छ र हालै मात्र ३ एमबिपिएस र ५ एमबिपिएस अनलिमिटेड सेवा पनि दिन थालेका छौ ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *