Home / Featured / शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो साता एन्ड्रोइड वान स्मार्टफोन मि ए वान बजारमा उपलब्ध गराएको थियो ।

यो एन्ड्रोइडको सहकार्यमा उत्पादन गरिएको फोन हो, जसमा ओएसका पछिल्ला भर्सन सजिलै अपडेट गर्न सकिन्छ ।

मि ए वानमा एन्ड्रोइड ७.० भर्सनको अपरेटिङ सिस्टम रहेको छ । यसमा स्नापड्रागनको २.० गिगाहर्जको अक्टाकोर प्रोसेसर, ४ जिबी र्याम र ६४ जिबीको स्टोरेज रहेको छ ।

५.५ इन्चको आइपिएस एचडी स्क्रिन रहेको यसमा १२ मेगापिक्सलको ड्युल रियर र ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ३०८० एमएएचको व्याट्री रहेको यसमा फोरजी ड्युल सिम सपोर्ट गर्दछ ।

यसैगरी कम्पनीले २ जिबी र्याम र १६ जिबी इन्टरनल स्टोरेज रहेको रेडमि नोट ५ ए पनि बजारमा ल्याएको छ । यसको मुल्य १६ हजारको हाराहारीमा रहेको छ भने ए वानको मुल्य २९ हजार ९ सय ९९ रहेको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *