Home / Featured / सोनी कम्पनिको स्मार्टफोन एक्स्पेरिया एक्सको मूल्य घट्यो

सोनी कम्पनिको स्मार्टफोन एक्स्पेरिया एक्सको मूल्य घट्यो

सोनी कम्पनि नेपालमा एउटा प्रसिद्ध कम्पनि हो र यसले उत्पादन गरेका विभिन्न इलेक्ट्रोनिक समानहरुप्रति  उपभोक्ताहरु आकर्षित भएको पाइन्छ ।तर उक्त स्मार्टफोनले नेपाली बजारमा गति लिएको अवस्था भने छैन् ।त्यसकारण सोनी कम्पनीको नेपालको आधिकारिक  वितरक कम्पनि  नेपा हिमा ट्रेड लिंकले सोनीका केही स्मार्टफोनहरुको मूल्य पहिले भन्दा घटाएको छ । उक्त कम्पनिले सोनी एक्स्पेरिया एक्सको मूल्य घटाएर ३२ हजार ५ सय बनाएको हो ।

उक्त स्मार्टफोन एक्स्पेरिया एक्स गत बर्ष सार्बजनिक गरिएको हो । सो कम्पनिले फोनको पुरानो मूल्य ३८ हजार ५ सयबाट घटाएर यसको नयाँ मूल्य ३२ हजार ५ सय कायम गरेको हो ।

५ इन्चको आइपिएस एलसीडी स्क्रीन र स्क्र्याच रेसिस्ट्यान्ट ग्लास प्रयोग भएको सोनीको स्मार्टफोन एक्स्पेरिया एक्स १०८० × १९२० पिक्सेल फुल एचडी रेजोलुशनको रहेको छ । यसको अपरटिंग सिस्टम  एन्ड्रोइड भर्सन ६.०.१ मार्समेलो प्रयोग भएको छ र प्रयोगकर्ताले चांडैनै ओरिओ अपडेट पाउने छन् । यस फोनले  ४ जी  एलटिई सपोर्ट गर्नुका साथै यसमा  डुअल सिम लाग्छ ।यो फोन क्वाल्कम स्नापड्रागन ६५० चिप्सेट, हेक्साकोर १.८ गीगाहर्ज स्पीडको सिपियू र एन्ड्रेनो  ५१० जिपियू सहित प्याक भएर आएको छ ।३ जीवि र्याम ६४ जीबी रोम र यसको स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर पनि बढाउन सकिन्छ ,त्यसैले यसमा आफुलाई आवश्यक सम्पूर्ण डाटाहरु सजिलै संग स्मार्ट फोनमै बोकेर हिड्न सकिने छ ।

स्मार्टफोन एक्स्पेरिया एक्सको क्यामेराको कुरा गर्ने हो भने सोनीको स्मार्ट फोनमा सबैभन्दा केन्द्रको बिषयनै यसको प्रभावशाली क्यामेरा हो । २३ मेगापिक्सेलको अटोफोकस एलइडी फ्ल्यास सहितको  रियर र १३ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामेरा भएकाले सेल्फी र अन्य ग्रुप फोटो खिच्नका लागि पर्फेक्ट मानिएको छ । २२एम एम  वाईड एंगल शूट गर्न सकिने क्यामेराको लेन्स एफ/१.२ एपर्चरको रहेको छ ।

यो फोनले फिन्गर प्रिन्ट सेन्सर सपोर्ट गर्छ जुन साइडमा पावर बटनमा  निर्भर रहन्छ, साथै ब्लुटुथ ४.२ ,वाईफाई र एनएफसी पनि यसमा राखिएको छ । यो डीभाइजमा २,६३ ० mAh  को सानो ब्याट्री प्रयोग भएता पनि क्यूनोवोको ब्याट्री चर्जिंग टेक्नोलोजी प्रयोग भएकोले ब्याट्री चाँडै सकिने र ड्यामेज हुने जस्ता समस्याहरु  आउने छैनन् ।

 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *