Home / Featured / जोप्पोको फ्ल्यास एक्स प्लस नेपाली बजारमा भित्रिदै

जोप्पोको फ्ल्यास एक्स प्लस नेपाली बजारमा भित्रिदै

चिनियाँ मोबाइल निर्माता कम्पनी जोप्पोले नेपाली ग्राहकहरुलाई लक्षित गर्दै आफ्नो मिडरेन्ज प्रोडक्ट जोप्पो फ्ल्यास एक्स प्लस नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

५.५ इन्चको फ्याबलेट आकारको स्क्रिन रहेको यस स्मार्टफोनमा आइपीएस एलसीडी फूल एचडी २.५ डी कभ्र्ड डिस्प्ले रहेको छ । १.३ गीगाहर्जको मिडियाटेकको अक्टा–कोर प्रोसेसर रहेको जोप्पो फ्ल्यास एक्स प्लसमा ३ जिबीको र्याम र ३२ जिबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर १२८ जिबीसम्म मेमोरी थप गर्न सकिनेछ ।

क्यामेराको सन्दर्भमा यसमा डुअल एलइडी फ्ल्यास सहितको १३ मेगापिक्सेलको सोनी आइएमएक्स रियर क्यामेरा प्रयोग गरिएको छ भने ९० डिग्रीको वाइड एङ्गल लेन्स सहितको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

४ जी एलटीइ नेटवर्क सपोर्ट रहेको उक्त स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर र ३१०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । गोल्ड, रोज गोल्ड, कालो र खैरो रङ्गमा उपलब्ध यस स्मार्टफोनको मूल्य २५ हजारको हाराहारीमा रहने नपालमा जोप्पोको अधिकृत विक्रेता एभरेष्ट टेक प्रा. लिले जनाएको छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *