Home / Featured / जेडटीइले ल्यायो पट्याउन मिल्ने स्मार्टफोन

जेडटीइले ल्यायो पट्याउन मिल्ने स्मार्टफोन

पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी जेड टी इ ले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन अमेरिकामा सार्वजनिक गरेको हो ।

केहि दिनअघि सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।

यो फोनमा स्नापड्रागन ८२१ प्रोसेर रहेको छ । साथै ४ जिबी र्याम, ६४ जिबी इनबिल्ट प्रोसेसर यसमा रहेको छ ।

यो फोनको अर्को रोचक विशेषता भनेको यसमा २० मेगापिक्सेलको एउटा क्यामरा छ, जसलाई मुख्य क्यामरा र सेल्फी क्यामरा दुबैको रुपमा प्रयोग गर्न सकिन्छ । ३१८० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको यो फोनमा क्विक चार्ज ३ फास्ट चार्जिङ सपोर्ट फिचर रहेको छ । यसमा एन्ड्रोइड ७.१.२ नूगट फिचर रहेको छ ।

कम्पनीका अनुसार अमेरिका, चीन, युरोप र जापनमा यो मोडेल बेच्नेछ । अमेरिकामा यो मोबाइल एटी एण्ड टी नामक टेलिकमसँग सहकार्य गरी हरेक महिना २४.१७ डलरमा ३० महिने किस्ताबन्दीमा उपलब्ध गराइनेछ । नोभेम्बर महिनाबाट यो मोबाइल बजारमा उपलब्ध भएको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *